Comments Add Comment

कोहलपुर घटनाबारे अनेरास्ववियू : सुरक्षाकर्मीले आगोमा घीउ थपे

२३ मंसिर,  काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियूले बाँकेको कोहलपुरमा आइतबार कलिला बालबालिकामाथि प्रहरीबाट निर्मम र अमानवीय कार्य भएको भन्दै घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गर्न माग गरेको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले सोमबार विज्ञप्ति जारी गरी त्रिभुवन माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थी आक्रोशित भएर विरोधमा उत्रनु स्वाभाविक भएको बताएका छन् ।

यो पनि पढ्नुहोस कोहलपुर घटना : गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

घटनालाई संयमित बनाउनतिर लाग्नुभन्दा आगोमा घीउ थप्ने काम सुरक्षाकर्मीबाट भएको भन्दै अनेरास्ववियूले दोषीलाई कारबाही र घाइतेको स्वास्थ्योपचारको माग पनि गरेको छ ।

यो पनि पढ्नुहोस किन अशान्त भयो कोहलपुर ?

बढ्दो सवारी दुर्घटना र चालकहरुको लापरबाहीलाई नियन्त्रण गर्दै आम रुपमा नागरिक सुरक्षाको प्रत्याभूति दिलाउन कानूनी प्रबन्धलाई थप सुदृढ गर्दै त्यसलाई कडाइ पूर्वक कार्यान्वयन गर्न सरकार लगायतका अन्य सम्वद्ध पक्षसँग अनेरास्ववियूले मागसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment