Comments Add Comment

नेपाल आइडल सिजन ३ मा डिसहोमको आबद्धता

२ पुस, काठमाडौं । नेपाली संगीतका पारखीहरु र त्यस संगीतमा आफ्नो भविष्य देख्नेहरुले सर्वाधिक रुचाइएको रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण नेपाल आइडल सीजन ३ यहि पुषदेखि शुरु हुँदैछ ।

अन्तर्राष्ट्रिय रुपमा चर्चित यस शोलाई नेपालमा एपि वान् एचडिले पहिलो संस्करणदेखि नै प्रसारण गर्दै आइरहेको छ र विगतका २ सीजनले नेपालमा पनि यसको लोकप्रियता शिखरमा रहेको प्रमाणित गरिसकेको छ ।
नेपाल आइडल कार्यक्रमको प्र्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिशहोमको रियालिटी च्यानल नं. १४३ मा पुनः प्रसारण गरिने छ ।

नेपाल आइडल ३ को प्रसारण प्रारम्भसँगै यसको प्रसारण सहयात्रीमा नेपालमा सर्वाधिक ग्राहक संख्या भएको तथा अन्तर्राष्ट्रिय स्तरको प्रसारण गुणस्तर भएको डिशहोम पनि आबद्ध भएको छ ।

डिशहोम नेपाल आइडल सीजन ३ सँग पावर्ड बाइ श्रेणीमा आवद्ध भएको छ । यसै सन्दर्भमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटले भने “हामी दर्शकहरुलाई उत्कृष्ट गुणस्तरको प्रसारणमात्र होइन साथमा उत्कृष्ट मनोरन्जन प्रदान गर्न पनि अग्रसर रहँदै आएका छौं । यसभन्दा अघिका अन्य रियालिटी शोहरुलाई जस्तै नेपाल अइडल ३ सँग पनि संलग्न हुन पाएकोमा हामी हषिर्त छौं । हामीलाई विश्वास छ डिशहोमको उत्ृकष्ट प्रविधिमार्फत् यो शो हेर्नु हुने दर्शकहरुले आफूलाई प्रत्यक्ष संलग्न भैरहेको महसुस गर्नु हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment