Comments Add Comment

टोटनह्यामसँग ब्राइटन पराजित, घरेलु मैदानमै चेल्सीले हार्‍यो

११ पुस, काठमाडौं । टोटनह्यामसँग ब्राइटन पराजित भएको छ । खेलको सुरुवातमा ब्राइटनले बनाएको १ गोलको अग्रता भत्काउँदै टोटनह्यामले २–१ गोल अन्तरमा खेल जितेको हो ।

टोटनह्यामका लागि डेले अली र ह्यारी केनले गोल गरे । एडम वेब्स्टरले ३७ औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएको थियो । तर, दोस्रो हाफमा टोटनह्यामले २ गोल फर्कायो । केनले ५३ औं मिनेटमा बराबरी गोल फर्काए भने अलीले ७२औं मिनेटमा गरेको गोल ३ अंक जोड्न निर्णायक बन्यो ।

उता, चेल्सी भने साउथह्याम्पटनसँग घरेलु मैदानमै २–० ले पराजित भयो । चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा साउथह्याम्पटनका लागि माइकल ओबाफेमीले ३१औं र नाथन रेडमोन्डले ७३औं मिनेटमा गोल गरे ।

हारपछि पनि चेल्सी अंक तालिकामा चौथो स्थान यथावत् नै छ । १९ खेलबाट चेल्सीको ३२ अंक छ ।

चेल्सीलाई पछ्याइरहेको टोटनह्यामले १९ खेलबाट २९ अंक जोडेको छ र पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment