Comments Add Comment

ए डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

११ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।

तेस्रो चरणअन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंशालमा एक–एक खेल हुने आयोजकले जनाएको छ ।

पहिलो खेल विभागीय टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच एन्फा कम्प्लेसमा हुनेछ । खेल १२ बजे सुरु हुनेछ ।

पहिलो खेलमा फ्रेण्ड्सलाई पराजित गर्दै लिग सुरु गरेको बर्मी दोस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग पराजित भएको थियो । त्यसैले आर्मी आज पुरानै लयमा फर्कने योजनामा छ ।

उता, यसअघि विभागीय टोली नेपाल पुलिस र एपीएफसँग बराबरी खेलेको हिमालयनको २ खेलबाट २ अंक छ । शेर्पाले लगातार तेस्रो पटक विभागीय टिमसँग खेल्न लागेको हो ।

मनाङ मछिन्द्र क्लब र जावलाखेल युथ क्लबसँगै हिमालयन पनि यस सिजन अपराजित छ ।

यस्तै दिउँसो ३ बजे रगशालमा हुने खेलमा नेपाल पुलिसले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टिमले अहिलेसम्म गोल गर्न सकेका छैनन् । पुलिसले एक खेल बराबरी खेल्दा अर्को खेलमा हार व्यहोरेको थियो । उता सरस्वतीले दुवै खेलमा हारे बेहोरेको छ । त्यसैले दुवै टिम गोल गर्दै जितको खोजीमा हुनेछन् ।

पुलिसको दुई खेलबाट १ अंक छ भने सरस्वती दुई हारपछि अकविहीन छ । सरस्वतीले अहिलेसम्म ५ गोल खाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment