Comments Add Comment

दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेष्टर सिटी वुल्भ्ससँग पराजित

१२ पुस, काठमाडौं । म्याट डोहेर्टीले ८९औं मिनेटमा गोल गरेपछि (वोल्भरह्याम्पटन वन्डरर्स) वल्भ्सले साविक विजेता म्यानचेष्टर सिटीमाथि पुनरागमन जित हात पारेको छ । गोलकिपर एडरले रातो कार्ड पाए पनि रहिम स्टर्लिङको दुई गोलमार्फत सिटीले पहिले २-० ले अग्रता लिएको थियो । तर त्यसपछि खेललले अर्कै मोड लियो ।

सिटी दश खेलाडीमा रहेको फाइदा उठाउँदै वल्भ्सले दोस्रो हाफमा ३ गोल फर्काउँदै ३ अंक जोड्यो । सिटीको लागि यो कति सम्म घातक रह्‍यो भने प्रशिक्षक पेप ग्वार्डिओलाले अब उपाधि होड सकिएको बताउन थालेका छन् ।

वल्भ्सको घरेलु मैदान मोनीलक्स स्टेडियममा भएको खेलको १२औं मिनेटमा डिएगो जोटालाई फाउल गरेपछि सिटीका गोलकिपर एडरसन रातो कार्ड खाँदै मैदान बाहिरिए । सिटी दश खेलाडीमा झर्‍यो । सिटीले वैकल्पिक गोलकिपर क्लाडियो ब्राभोलाई मैदान ल्याउन स्ट्राइकर सर्जियो अगुएरोलाई नै बाहिर निकाल्यो ।

यति हुनुका बावजुत पनि स्टर्लिङले २५औं र ५०औं मिनेटमा गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।

२३औं मिनेटमा भिएआरमार्फत सिटीले पनाल्टी पाएको थियो । त्यसमा रहिम स्टर्लिङले गोल गर्न चुके। उनको प्रहार वल्भ्सका गोलकिपरले रोके । तर उनले २५औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । ५०औं मिनेटमा स्टर्लिङले केभिन डे ब्रुएनाको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि वल्भ्सले पुनरागमन गर्‍यो । ५५औं मिनेटमा आडामा ट्राओरले रुवेन नेभेसको पासमा गोल गर्दै गोल अन्तर कम पारे । ट्राओरको पासमा ८२औं मिनेटमा राहुल जिमिनेजले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि राहुल जिमिनेजकै पासमा म्याटले ८९औं मिनेटमा निर्णायक गोल गरे र वल्भ्सलाई ३ अंक दिलाए ।

वल्भ्ससँग पराजय पछि सिटी लिग लिड लिभरपुल भन्दा १४ अंकले पछि परेको छ । १९ खेलबाट ३८ अंक रहेको सिटी तेस्रो स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ५२ अंकसहित शीर्ष स्थानमा आसिन छ । वल्भ्स भने १९ खेलबाट ३० अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment