Comments Add Comment

नेपाली समर्थकलाई धन्यवाद दिँदै जर्मन क्लबले सोध्यो– हिज्जे सही छ ?

१४ पुस, काठमाडौं । जर्मन क्लब वायर्न म्युनिखले अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालसहित विभिन्न देशका समथर्कलाई धन्यवाद दिएको छ ।

सन् २०१९ भर आफ्नो क्लबलाई समर्थन गरेको भन्दै उसले विभिन्न देशको राष्ट्रिय र स्थानीय भाषा प्रयोग गरेर धन्यवाद दिएको हो ।

क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा आफ्ना नेपाली समथर्कलाई सम्झँदै नेपालीमै ‘धन्यवाद’ लेखेको छ । यही पोस्टको मुनि उसले डिड वी स्पेल इट राइट (के यो हिज्जे सही छ ?) भनेर सोधेको छ । प्रतिक्रिया जनाउने अधिकांशले पफेक्ट भएको प्रतिक्रिया दिएका छन् । कतिपयले क्लबको पोस्टमुनि ह्यासट्याग भिजिट नेपाल २०२० पोस्ट गरिदिएका छन् ।

त्यस्तै, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायत देशका समर्थकप्रति पनि उसले सम्बन्धित देशको राष्ट्रिय र स्थानीय भाषा प्रयोग गरी आभार प्रकट गरेको छ । उसले भारतका समर्थकका नाममा हिन्दी र अंग्रेजीसहित ९ वटा भाषामा धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment