Comments Add Comment

मानेको गोलमा लिभरपुललाई १३ अंकको अग्रता

१४ पुस, काठमाडौं । साडियो मानेले पहिलो हाफमा गरेको एकमात्र गोल मद्दतमा लिग लिडर लिभरपुलले प्रिमियर लिगमा वल्भ्सलाई पराजित गर्दै १३ अंकको अग्रता बनाएको छ ।

गएराति भएको खेलमा लिभरपुलले वल्भ्सलाई १–० ले हरायो । मानर्ल ४२ औं मिनेटमा गोल गरे । सुरुमा रेफ्रीले बल हयाण्ड भएको भन्दै गोल घोषणा गरेका थिएनन् । तर भीएआरमार्फत मानेको गोललाई मान्यता दिइएको हो ।

उता, वल्भसका पेड्रो नेटोले गोल गरेपछि जोनी अफ साइडमा रहेकोले भीएआरले मान्यता दिएन ।

प्रिमियर लिगमा लिभरपुलको यो लगातार १० औं जित हो । यस सिजन १९ खेलसम्म अपराजित लिभपुलले १८ खेल जित्दा एक खेल मात्र बराबरी खेलेको थियो । १९ खेलबाट ५५ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा आसीन छ । लिभरपुलले एक खेल बढी खेलेको दोस्रो स्थानको लेस्टर सिटीमाथि १३ अंकको अग्रता बनाएको छ ।

वल्भ्स ३० अंकसहित सातौंमा छ ।

उता, दोस्रो हाफमा दुई गोल गर्दै साविक विजेता म्यानचेष्टर सिटीले सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको छ । जितपछि २० खेलबाट ४१ अंक जोडेको सिटी तेस्रो स्थानमा छ ।

दोस्रो स्थानको लेस्टरभन्दा १ अंक पछि रहेको सिटी शीर्ष स्थानको लिभरपुल भन्दा अझ १४ अंकले पछि छ ।

सिटीका लागि सर्जियो अगुएरोले ५२ औं र केभिन डे ब्रुएनाले ८२ औं मिनेटमा गोल गरे । हारपछि २९ अंक रहेको सेफिल्ड आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment