Comments Add Comment

द टोय स्टोरको उद्घाटन

१४ पुस, काठमाडौं । द टोय स्टोरले भर्खरै सिभिल मल सुन्धाराको छैठौं तल्लामा आफ्नो नयाँ स्टोरको उद्घाटन गरेको छ । उद्घाटन समारोह गएको २४-२८ डिसेम्बर २०१९ मा निर्धारित गरिएको थियो।

द टोय स्टोरले विश्वव्यापी रूपमा निकै नै खोजिएको र रोजिएको नयाँ खेलौनाहरू र उच्च गुणस्तरका बालबच्चाको उत्पादनहरू नेपालको बजारमा उपलब्ध गराइरहेको कम्पनी बताउँछ ।

सिभिल बिजनेस कम्प्लेक्सका महाप्रबन्धक विश्वप्रकाश मास्केसहित एक हजार भन्दा बढीको सहभागीतामा उद्घाटन भयो । मास्केले नै अनाथाश्रमका पाँच विशेष बालबालिकाहरूलाई रिबन काट्ने कैंची हस्तान्तरण गरे ।

द टोय स्टोरका कार्यकारी अध्यक्ष प्रकाश श्रेष्ठलेका अनुसार ती विशेष अनाथ बालबालिकाहरूलाई रिबन-काटने सम्मान दिनुको मुख्य कारण भनेको उनीहरूलाई संसारमा आफूहरु कति असाधारण छौं भनेर अनुभव होस् भन्ने थियो ।

“हाम्रो उद्देश्य खेलौना बेच्नु मात्र होइन, खुसी, उत्साह, शिक्षा, र मनोरन्जन हो, जुन हामी हाम्रा प्यारा साना ग्राहकहरू र उनीहरूका प्यारा आमाबुवालाई दिन चाहन्छौं । हाम्रो ग्राहकहरूको सुविधाको लागि, हाम्रो भौतिक स्टोरमा उपलब्ध प्रत्येक उत्पादनहरू हाम्रो आधिकारिक वेबसाइट मार्फत अनलाइन अर्डर पनि गर्न सकिन्छ,’ श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment