Comments Add Comment

पाख्रिबासमा कृषि विश्वविद्यालयको आंगिक क्याम्पस भवन बन्दै

१६ पुस, चितवन । धनकुटाको पाखिबासमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको आंगिक क्याम्पस भवन निर्माण अन्तिम चरणमा पुगेको छ । पाखि्रवास नगरपालिकाको वडा नं. ३ मा झण्डै १ करोड ७६ लाख रुपैयाँ लागतमा ४ कोठे दुईवटा लाइट स्ट्रक्चर भवन र दुई कोठे पक्की प्रयोगशाला भवन बनिरहेको हो ।

सो भवनमा आगामी फागुन महिनाबाट पढाइ सुरु गरिने क्याम्पस प्रमुख सूर्यमणि ढुंगानाले जानकारी दिए । प्रशंसा कन्सट्रक्सन प्रालिले गत बैशाख महिनामा ठेक्का सम्झौता गरी बनाइरहेको भवनमा चार वर्षे स्नातक तह कृषि संकायका विद्यार्थीलाई अध्यापन गराइने छ ।

२०७४ सालमा विश्वविद्यालयको कृषि संकायले पाखि्रबासमा आंगिक क्याम्पस सञ्चालन गरेको थियो । हाल नगरपालिकाले उपलब्ध गराएको भवनमा कक्षा सञ्चालन भैरहेको छ । क्याम्पस सञ्चालन गर्न स्थानीय बासिन्दा र नगरपालिकाले ११३ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

क्याम्पसमा पहिलो वर्ष र दोस्रो वर्षका झण्डै ८४ जना विद्यार्थी अध्ययनरत छन् । हरेक प्रदेशमा कम्तीमा एक आंगिक क्याम्पस सञ्चालन गर्ने विश्वविद्यालयको नीति अनुरुप पाखि्रबासमा क्याम्पस खोलिएको हो । विश्वविद्यालयले अहिले विभिन्न प्रदेशमा ८ वटा आंगिक क्याम्पस सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment