Comments Add Comment

‘हिमालय रोडिज’बारे अनुप भन्छन्–‘ग्याङ लिडर भएपनि डर धेरै थियो’

भाइरलको पछि लाग्दैनौः अमन, स्क्रिप्टेड होइनः रेमन

नायक अनुप विक्रम शाही चलचित्र र मोडलिङमा सक्रिय थिए । उनै, अनुप अहिले सानो पर्दाको हिट रियालिटी शो ‘हिमालय रोडिज’को नयाँ यात्रामा छन् । यो यात्रामा सहभागी हुँदै गर्दा उनलाई डर पनि थियो । शोमा सहभागी हुन आउने प्रतिस्पर्धी भन्दा बढी डर आफूलाई लागेको अनुपले बताए । अनुप, शोमा ‘ग्याङ लिडर’ छन् । उनीसँग अन्य ४ जना ‘ग्याङ लिडर’को खेलमा यो शो अगाडि बढिरहेको छ ।

यो शोको निर्देशक अमनप्रताप अधिकारी हुन् । यसअघिका २ शो सफलतापूर्वक निर्देशन गरेका अमन यसपटक पनि चुनौती उस्तै रहेपनि सबैको साथले शोको निर्माण गरेको बताउँछन् । यस्तै, शोमा यसपटक होस्टको रुपमा रेमनदास श्रेष्ठ छन् । यसअघिका २ शोमा उनी निर्णायक थिए ।

अनलाइनखबरसँगको कुराकानीमा अनुप, अमन र रेमनले शो छायांकनको समयको रमाइलो पल शेयर गरे । अमनको बारेमा रेमन भन्छन्–‘कार्यक्रम निर्देशक कडा पनि हुनपर्छ । नत्र, यसको फाइदा अरुले उठाउँछन् ।’

अमन, अनुप र रेमनसँग गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः


रेमनले शोमा आफ्नो भूमिकाबारे भने–‘होस्ट भएपनि मेरो पावर धेरै छ । शोमा धेरै टास्कहरु छन् । जुन टास्कको बिषयमा ग्याङ लिडर पनि अनविज्ञ छन् । जुन कुराको जानकारी मलाई हुन्छ । काम गर्दा एकदमै रमाइलो भयो । तेश्रो सिजन नयाँ उत्साहको साथमा हामीले सुरुवात गरेका थियौं ।’

तेश्रो सिजनको बिषयमा निर्देशक अमन भन्छन्–‘अडियन्सले नयाँ फर्माट एमटीभीमा हेरिसक्नुभएको थियो । हाम्रोमा किन नयाँ फर्माट आएन भन्ने दोधार दर्शकलाई थियो होला । यसमा के वुझ्न जरुरी छ कि, यो फ्रेन्चाइज शो हो । यसैले, हामीलाई पहिले फर्माट नै पुरानो दिइएको थियो । यसपटक, च्यालेञ्ज निकै थियो । तर, हामीले गर्यौं ।’

अनुप आफूले प्रतिस्पर्धी छनोट गर्दा धेरै कुराहरु हेर्ने गरेको बताउँछन् । ‘ग्याङ लिडर भएपछि सबै कुरामा ध्यान दिनपर्छ । गेम खेल्न सक्ने, दिमाग लगाउने सबै कुरा भएको प्रतिस्पर्धी हेरे नै म छनोट गर्छु’, अनुपले भने ।

पछिल्लो समयमा रियालिटी शोलाई सामाजिक संजालमा भाइरल बनाउनका लागि विभिन्न खालका फन्डा पनि बुन्ने गरिन्छ । तर, यस बिषयमा अमन भन्छन्–‘हामी भाइरलको पछि लाग्दैनौं । यो शोले कुनै व्यक्तिको वास्तविक कथा भने सार्वजनिक गर्छ । तर, भाइरलकै लागि भनेर हामी फन्डा तयार गर्दैनौ । बरु, शोलाई कसरी राम्रो बनाउने भनेर टिममा छलफल भने गर्छौ ।’

दर्शकलाई, ‘हिमालय रोडिज’ स्क्रिप्टका आधारमा तयार हुन्छ, ग्याङ लिडर स्क्रिप्टकै आधारमा बोल्छन् भन्ने पनि लाग्छ । तर, शोका होस्ट रेमन भन्छन्–‘दर्शकलाई यस्तो लाग्नु स्वभाविक पनि हो । तर, हिमालय रोडिजमा स्क्रिप्ट हुँदैन । किनकी, एकसाथ यहाँ २५–३० वटा क्यामेरा हुन्छन् । जसले जे बोल्यो, बोल्यो । फेरि बोल्छु भनेर पाउँदैन ।’

हिमालय टेलिभिजनमा हरेक सोमबार बेलुकी ८ बजेबाट प्रशारण भैरहेको यो शोको तेश्रो सिजनमा धेरै कुराहरु परिवर्तन भएका छन् । यी परिवर्तीत कुरालाई दर्शकले रुचाएको दाबी अमनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment