Comments Add Comment

काठमाडौंका सडकबाट ३६७ बेवारिसे मानिसको उद्धार

Photo Credit : रासस
काठमाडौंको सडकमा बेसहारा अवस्थामा रहेका एक शनिबार व्यक्तिको उद्धार गर्दै प्रहरी ।

१३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार गरेको छ ।

काठमाडौंका सडकलाई बेवारिसे मानिसमुक्त (मानवमुक्त महानगर) पार्ने अभियानअन्तर्गत ३ सय ६७ जनाकाे उद्धार गरिएको महानगरपालिकाले जनाएको छ ।

उद्धार भएकामध्ये शुक्रबारसम्म २ सय १५ जना घर फर्किएका छन् भने आश्रममा १ सय ५२ जना रहेका छन् ।काठमाडौं महानगरले सडकमा कोही बेवारिसे भएर बस्न नपर्ने भन्दै ०७६ मंसिर २९ मा अभियान घोषणा गरेको थियो ।

अभियानका लागि महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरेको छ । शनिबारसम्म ३६७ जनाको उद्धार गरिएको आश्रमका ३ नम्बर संयोजक सुमन बर्तौलाले जानकारी दिए । उनका अनुसार सडकबाट ३०८ जना पुरुष, ५२ जना महिला र ७ जना बालवालिकाको उद्धार भएको छ ।

३ महिनालाई घोषणा गरिएको यस अभियान अन्तर्गत ३ महिनाभित्र सडकमा भेटिने सबैलाई उद्धार गर्ने र त्यस पछि काठमाडौंलाई बेवारिसे मानवबाट मुक्त गर्ने महानगरको तयारी छ ।

यसअघि चितवनको भरतपुर महानगरपालिकाले पनि यस्तै घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment