Comments Add Comment

नक्सा हेर्दा यस्तो देखिन्छ सुस्ता अतिक्रमण

सन् १८१६ को सुगौली सन्धि अनुसार नवलपरासी जिल्ला र भारतको अन्तराष्ट्रिय सीमाना नारायणी/गण्डकी नदी हो । सन्धिमा उल्लेख भए अनुसार नारायणी/गण्डकीको पश्चिमतर्फ नेपाल र पूर्वतर्फ भारत हो ।

सुगौली सन्धिताका सुस्ता भन्ने बस्ती नारायणी/गण्डकी नदीको पश्चिममा थियो । जब नदीको धार परिवर्तन भई नदी सुस्ताको पश्चिबाट बग्न थाल्यो र सुस्ता पूर्वमा पर्न थयो । त्यहीबेलादेखि नेपाल भारत–सीमा विवाद सुरु भयो ।

खासगरी भारतले नारायणी पूर्वतर्फको नेपाली भूभागलाई आफ्नो भनेर दाबी गरेपछि त्यहाँ विवाद सुरु भएको हो । सीमा निर्धारणको ‘फिक्स्ड बाउण्ड्री प्रिन्सिपल’ अनुसार नदीले धार परिवर्तन गरे वा अन्य कारणले जमिनमा क्षती पुगे पनि सीमा रेखा परिवर्तन हुँदैन ।

प्रा.डा. नरेन्द्रराज खनाल

मेची नदीमा पनि नेपाल र भारतबीच यही सिद्धान्तअनुसार नै सीमा निर्धारण भएका छन् । तर, भारतले ‘फिक्स्ड बाउण्ड्री प्रिन्सिपल’ नमानेर नवलपरासीको सुस्ता, भेडीयारी लगायतका गाउँलाई आफ्नो भन्ने दाबी गरेको छ । जुन गाउँ सन्धिको बखत नारायणी नदीभन्दा पश्चिमतर्फ रहेको थियो ।

तर, अहिले नारायणीको पूर्वतर्फ अवस्थित छ । सन् १९७२ देखि २०१६ को बीचमा कसरी नदीले धार परिवर्तन गर्‍यो भन्ने प्रस्तुत तस्वीरमा देख्न सकिन्छ ।

नक्सामा राता एरोहरूले नदीको बाटोमा आएका परिवर्तन देखाउँछ भने निलो रंगाको रेखाले पहिला नदी हिँडेको तर अहिले नदी नभएको स्थान देखाउँछ । १९७२–२०१६ बीचको परिवर्तन र १९७२ अघिको सुगौली सन्धिताका बगेको रेखा पनि देखाइएको छ ।

स्याटलाइटबाट लिइएका यी तस्वीरमा नदीले धार परिवर्तन गरेर सुस्तालाई पूर्व पारेको देखिन्छ । यद्यपि यसमा फिल्ड प्रमाणीकरण र अझै पुराना नक्सा र स्याटलाइट तस्वीर हेरेर थप बहस गर्न सकिएला ।
तस्वीर हेर्दा सुस्ता र भेडीयारीको बस्तीको अवस्थितिमा भने परिवर्तन आएको छैन । १९७२ देखि अहिलेसम्म निरन्तर बस्ती बस्नुको अर्थ हो, नदीले जमिन कटान गर्दै लगेको नभई धार नै परिवर्तन गरेको हो ।

नापी विभागले जाइकाको प्राविधिक सहयोगमा सुगौली सन्धिलाई आधार मानी स्थलगत अध्ययन गरेर नक्सा जारी गरेको छ (हेर्नुस् तलको नक्सा) । नेपाल सरकारले सुस्ताको विकासका लागि पुनर्वास, प्रहरी चौकी, विद्यालय स्थापना गरेको पनि लामो समय बितिसकेको छ ।

भारतले ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’को आधारमा समस्या समाधान गर्नुको सट्टा उल्टै भारतीयहरूलाई ल्याएर अतिक्रमण गरिरहेको छ । मेची नदीमा जस्तै ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ को आधारमा सीमा विवाद समाधान गर्न भारत तयार हुनुको विकल्प छैन ।
यो पनि पढ्नुहोस अभियन्ताहरूले सुस्ताको अतिक्रमित भूभाग समेटेर अर्को नक्सा जारी गर्ने

यो पनि पढ्नुहोस १२ नक्सामा हेर्नुहोस् कालापानीमा भारतले गरेको सीमा अतिक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment