+
+
Shares

बैंकहरूले सीएसआरको रकम जेनजी आन्दोलन पीडितमाथि खर्च गर्न पाउने

नेपाल राष्ट्र बैंकले सीएसआर मार्गदर्शन संशोधन गरी जेनजी आन्दोलन घाइतेको उपचार तथा रोजगारका लागि पनि खर्च गर्न पाउने भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सीएसआर कोषबाट जेनजी आन्दोलनका घाइते र पीडितको उपचार र रोजगारमा खर्च गर्न पाउने व्यवस्था गरेको छ।
  • सीएसआर मार्गदर्शन संशोधनमा गरिब तथा विपन्न नागरिकलाई सरकारी अस्पतालमा औषधि उपचारका लागि दोहोरो नपर्ने गरी खर्च गणना गर्न सकिने व्यवस्था थप गरिएको छ।
  • जेनजी आन्दोलनमा शहीद परिवारको आय आर्जन क्षमता अभिवृद्धि गर्न र सिपमूलक तालिम प्रदान गर्ने स्वीकृत संस्था मार्फत खर्च गर्न पाउने व्यवस्था पनि गरिएको छ।

२८ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा जम्मा भएको रकम जेनजी आन्दोलनका घाइते र पीडितको हितमा खर्च गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सीएसआर मार्गदर्शन संशोधन गरी जेनजी आन्दोलन घाइतेको उपचार तथा रोजगारका लागि पनि खर्च गर्न पाउने भएका हुन् ।

केन्द्रीय बैंकले मार्गदर्शनमा थप गर्दै सीएसआरको रकमबाट जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी अस्पताललाई उपलब्ध गराइने खर्च पनि गणना गर्न सकिने बनाएको छ ।

त्यसैगरी जेनजी आन्दोलनमा शहीद भएका व्यक्ति, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउन संस्थामा समेत लगानी गर्न सक्ने व्यवस्था थप गरेको छ ।

तर, त्यस्तो संस्था नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सिपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सिपमूलक तालिम प्रदान गरेका आधारमा प्रदान गर्ने खर्चलाइ पनि गणना गर्न पाउने व्यवस्था गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?