News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी युवाको समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषीलाई कारबाही गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसँग माग गरेको छ।
- जेनजी टू समूहका प्रवक्ता अविन लिम्बूले गृहमन्त्रीले दोषीलाई कारबाहीको लागि प्रतिबद्ध रहेको जानकारी दिएका छन्।
- उनीहरूले आगामी निर्वाचनमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका छन्।
७ मंसिर, काठमाडौं । जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग आइतबार सिंहदरबारमा भएको छलफलमा जेनजी टू नामको समूहका प्रतिनिधिले आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
भाद्र २४ गते जेनजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् । जेनजी टू समूहका प्रवक्ता अविन लिम्बूले छलफलको क्रममा गृहमन्त्रीले दोषीलाई कारबाहीको लागि प्रतिबद्ध रहेको बताएको जानकारी दिए ।
उनले आगामी निर्वाचनमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4