+
+
Shares

मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेस-एमाले-जनमत छलफलमा, मन्त्रालय भागबन्डा टुंग्याउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते २०:०८

२८ असोज, जनकपुरधाम । नेपाली कांग्रेसको नेतृत्वमा मधेश प्रदेश सरकार गठनको दाबी पेस गर्न तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच छलफल जारी छ ।

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार सदनमा राजीनामा घोषणासँगै मधेश प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र जनमत संसदीय दलका नेता महेशप्रसाद यादव छलफलमा व्यस्त छन् ।

तीन दल बीच कांग्रेस नेता यादवलाई मुख्यमन्त्री बनाउने सहमति भइसकेको छ । यद्यपि मन्त्रालयको भागबन्डा भने टुग्याउन बाँकी छ ।

मन्त्रालयको भागबन्डाका विषयमा तीन दलबीच छलफल भइरहेको एक नेताले बताए । आज भागबन्डा टुंगिए लगत्तै आजै अबेर साँझ वा भोलि बिहानै सरकार गठनका लागि दाबी पेस गर्ने तीन दलको तयारी छ ।

मधेस प्रदेशमा मुख्यमन्त्री कार्यालयबाहेक ११ वटा मन्त्रालय छ ।

१०७ सदस्य मधेश प्रदेश सभामा नेकपा एमालेको सभामुख सहित २५, कांग्रेसको २२ र जनमतको उपसभामुख सहित १३ सिट रहेको छ । तीन दल मिलाएर स्पष्ट बहुमत पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?