+
+
Shares

विपिन जोशीको निधनप्रति राष्ट्रपतिद्वारा दु:ख व्‍यक्त

प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटक पटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
  • हमासले विपिन जोशीको मृत्युलाई पुष्टि गर्दै चारजना बन्धकको शव आजै इजरायललाई बुझाउने निर्णय गरेको छ।
  • विपिन जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रबाट अपहरण गरेको थियो र त्यसपछि उनको अवस्था अज्ञात थियो।

२८ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि अन्तर्गत ‘लर्न एण्ड अर्न कार्यक्रम’मा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति
दु:ख व्‍यक्त गरेका छन् ।

प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटक पटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताएका हुन् ।

उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको थियो । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो ।

हमासको सैन्य शाखाले अहिले चारजना बन्धकहरूको नाम सार्वजनिक गरेको थियो।

विपिनलाई सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुत्ज अलुमिमस्थित बम शेल्टरबाट हमासले अपहरण गरेको थियो । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा केहीदिन अपहरणपछि हमासले कैद गरेको भिडियो इजरायली सेनाले सार्वजनिक गरेको थियो ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?