+
+
Shares

पाँच पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मा सम्मानित भएका छन् भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रूपा गहतराज सम्मानित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मानित गरेका छन्।
  • राष्ट्रिय पत्रकारिता पुरस्कार भोला पासवान, उमेश श्रेष्ठ र रूपा गहतराजलाई प्रदान गरिएको छ।
  • सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पत्रकारहरूको योगदानको कदर व्यक्त गरे ।

२४ वैशाख, काठमाडौं ।  राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पाँच जना पत्रकार सम्मानित भएका छन् ।

वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मा सम्मानित भएका छन् भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रूपा गहतराज सम्मानित भएका हुन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा बिहीबार आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्मानित गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकारित सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारहरूले दशकौंदेखि कलमका माध्यमबाट समाजलाई देखाएको बाटो र पुर्‍याएको योगदानको कदरस्वरूप राज्यको सम्मान भएको बताएका थिए ।

राष्ट्रपति पौडेलले पुरस्कृत पत्रकारहरूको साधनाले नयाँ पुस्ताका पत्रकारहरूलाई व्यावसायिक निष्ठा र सत्यको मार्गमा लागिरहन सधैं उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?