News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।
- सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री शिवराज भट्टले कार्यालय उद्घाटन गरेका छन्।
- कार्यलयले मेलौली नगरपालिका, पञ्चेश्वर, शिवनाथ र पाटनका नागरिकलाई सहज सेवा दिनेछ।
२४ वैशाख, बैतडी । बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।
मेलौली नगरपालिका–१ मेलौलीमा स्थापना गरिएको कार्यालयको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले उद्घाटन गरे ।
उद्घाटनका क्रममा मेलौली नगरपालिका–७ का दीपक अवस्थीलाई नागरिकता प्रमाणपत्र प्रदान गर्दै कार्यालयको सेवा शुभारम्भ गरिएको हो ।
इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका तथा पाटन नगरपालिकाका केही वडाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले स्थानीय नागरिकलाई छिटो, सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय स्थापना गरिएको बताए ।
उनले अब सामान्य प्रशासनिक कामका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरे ।
स्थानीयवासी करन सिंह नेगीले नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सामान्य कामका लागि समेत सदरमुकाम धाउनुपर्ने समस्या अब हट्ने बताए ।
इलाका प्रशासन कार्यालयका प्रमुख महेश भट्टले सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4