+
+
Shares

संखुवासभाको हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा आजदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।
  • प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की, प्रदेशसभा सदस्य राजेन्द्रकुमार कार्की र प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको उपस्थितिमा उद्घाटन गरिएको हो।
  • इलाका प्रशासन कार्यालय स्थापना भएसँगै भोटखोला र मकालु गाउँपालिकाका नागरिकले नागरिकता र प्रशासनिक सेवा आफ्नै घर नजिकैबाट पाउन सक्ने भएका छन्।

२१ वैशाख, संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा आजदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की, प्रदेशसभा सदस्य राजेन्द्रकुमार कार्की र प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको उपस्थितिमा आज इलाका प्रशासन कार्यालयको उद्घाटन गरिएको हो ।

इलाका प्रशासन कार्यालय स्थापना भएसँगै विशेष गरी भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाका नागरिकलाई ठूलो राहत पुगेको छ ।

अब नागरिकता लिन तथा अन्य प्रशासनिक सेवा प्राप्त गर्न  यस क्षेत्रका नागरिकहरू जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।

कार्यक्रममा सांसद कार्कीले उत्तरी क्षेत्रका नागरिकले सामान्य प्रशासनिक सेवा लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । स्थानीय बासिन्दाले नागरिकता, सिफारिस लगायतका प्रशासनिक सेवा अब आफ्नै घर नजिकैबाट प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

सरकारले सेवा प्रवाहलाई सरल र पहुँचयोग्य बनाउन विभिन्न दुर्गम स्थानमा इलाका प्रशासन कार्यालय विस्तार गर्ने नीति अनुसार यस क्षेत्रमा पनि इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको प्रजिअ थपलियाले बताइन् ।

११ पुस २०८२ सालमा सरकारले हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?