News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ अनुसार सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकहरू पदमुक्त गरेका छन्।
- अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
- यस अध्यादेशले १ सय १० वटा कानून परिमार्जन गर्दै १५ सय ३४ सार्वजनिक पदाधिकारीहरू पदमुक्त भएका छन्, जसमा सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डका सदस्यहरू पनि छन्।
२१ वैशाख, काठमाडौं । सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकहरू पदमुक्त भएका छन् । सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीलाई पदमुक्त गरिएको हो ।
अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो । ‘तपाईलाई पदमुक्त गरिएको’ भन्दै मन्त्रालयले निर्णय गरेको हो । उक्त उनीहरूलाई पदमुक्तको पत्र पठाउने प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका थिए । अध्यादेश अनुसार विभिन्न १ सय १० वटा कानून परिमार्जन हुनेछन्, जसबाट विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायमा गरी १५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त भएका छन् । जसमा बोर्ड र कोषका कार्यकारी निर्देशकसहित अन्य सदस्यहरू छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन,२०७४ को दफा २९ को उपदफा (१) को खण्ड (६) र (ज) बमोजिम नियुक्त हुने सदस्यहरू र दफा ४२ बमोजिम नियुक्त कार्यकारी निर्देशकको पद खारेज गरिएको हो ।
कार्यकारी निर्देशक अधिकारीसहित ट्रेड युनियन तथा महासंघबाट मनोनित भएका ३ जना सदस्य र रोजगारदाताहरूमध्येबाट मन्त्रालयले मनोनयन गरेका ३ जनागरी ६ जना सदस्य पदमुक्त भएका हुन् ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३८ को उपदफा (१) को खण्ड (ठ), (ड), (ण) र (त) बमोजिम नियुक्त भएका ९ जना सदस्य र दफा ४१ बमोजिम नियुक्त भएका कार्यकारी निर्देशक उप्रेतीलाई पदमुक्त गरिएको हो ।
प्रतिक्रिया 4