News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र सुदृढीकरण र नागरिकको सु-सूचित हुने अधिकारको रक्षाका लागि मर्यादित एवं जिम्मेवार पत्रकारिता अपरिहार्य भएको बताए।
- राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले १९५८ सालमा गोरखापत्रको प्रकाशन सुरु भएको ऐतिहासिक दिन स्मरण गरे।
- उनले वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकारहरूको योगदानको उच्च प्रशंसा गरे।
२४ वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको सुदृढीकरण र नागरिकको सु-सूचित हुने अधिकारको रक्षाका लागि मर्यादित एवं जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताएका छन् ।
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।
१९५८ सालमा गोरखापत्रको प्रकाशन सुरु भएको ऐतिहासिक दिन २४ वैशाखलाई स्मरण गर्दै राष्ट्रपतिले देशभरका सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।
सो अवसरमा उनले ‘वरिष्ठ पत्रकार सम्मान’ तथा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरे ।
अग्रजहरूको साधनाले नयाँ पुस्तालाई व्यावसायिक निष्ठा र सत्यको मार्गमा लाग्न सधैँ उत्प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4