+
+
Shares

राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन, १५ सय ३४ पदमुक्त हुँदै

‘१ सय १० वटा कानुन छ । त्यो कानुन संशोधन हुँदा १५ सय भन्दा बढी राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूको पदावधि सकिनेगरी व्यवस्था राखेर ऐन संशोधन भएको छ,’ राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतले भन्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते २०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले १९ वैशाखमा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गर्नुभयो।
  • अध्यादेशले १ सय १० वटा कानुन संशोधन गरी १५ सयभन्दा बढी राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूको पदमुक्ति व्यवस्था गरेको छ।
  • सरकारले सार्वजनिक निकायमा नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन कानुन संशोधन गरेको सरकारी अधिकारीहरूले बताएका छन्।

१९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार दिउँसो तीन वटा अध्यादेश जारी गरेका छन् ।

जारी भएकामध्येको एक चासोको केन्द्रमा रहेको अध्यादेश हो– सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ।

अध्यादेशमा १ सय १० वटा कानुनमा भएका विषयवस्तुहरूलाई समावेश गरेर राजनीतिक प्रकृतिका नियुक्तिलाई टुंग्याउन र पदमुक्त गर्ने व्यवस्था थपिएको छ ।

उच्च सरकारी सम्बद्ध स्रोतका अनुसार, यो अध्यादेशमार्फत सरकारले विभिन्न १ सय १० वटा कानुन संशोधन गर्दै १५ सय ३४ जनाको राजनीतिक नियुक्ति लिएका सार्वजनिक पदाधिकारीहरूको पदमुक्त हुने व्यवस्था गरिएको स्रोतले जानकारी दियो ।

‘१ सय १० वटा कानुन छ । त्यो कानुन संशोधन हुँदा १५ सय भन्दा बढी राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूको पदावधि सकिनेगरी व्यवस्था राखेर ऐन संशोधन भएको छ,’ राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतले भन्यो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका अध्यादेशमध्ये दुई वटामा विशेष चासो र सरोकार राखेका थिए । संवैधानिक परिषद्सहित आज जारी भएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमा उनको चासो थियो ।

उनले कानुनविद्हरूलाई बोलाएरै यसबारे छलफल पनि गरेका थिए ।

सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउनका लागि कानुन संशोधन गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

सरकारले विशेष व्यवस्थासहितको यो अध्यादेशको तयारी गरेसँगै राजनीतिक नियुक्ति लिएका विभिन्न संस्था एवं विश्वविद्यालयका पदाधिकारीहरूले धमाधम राजीनामा समेत दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?