+
+
Shares

प्रधामन्त्री बालेन लुम्बिनी नआउने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते २०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले २५७० औं बुद्ध जयन्ती समारोहमा उपस्थित नहुने सचिवालयले लुम्बिनी विकास कोषलाई टेलिफोनमार्फत जानकारी गराएको छ।
  • बुद्ध जयन्ती समारोह वैशाख १८ गते बुटवलमा हुने कार्यक्रम तय भएको छ।
  • सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथि र मन्त्री गनेश पौडेल विशिष्ट अतिथि हुने लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए।

१६ वैशाख, बुटवल ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बुद्ध जयन्ती समारोहमा नआउने भएका छन् ।

यसअघि  वैशाख १८ गते परेको  २५७० औं बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री शाह  उपस्थित हुने  लुम्बिनी विकास कोषले जनाएको थियो ।

तर आज  प्रधानमन्त्रीको सचिवालयबाट विकास कोषका पदाधिकारीलाई टेलिफोन गरी बुद्ध  जयन्तीमा उपस्थित नहुने जानकारी गराएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए ।

बुद्ध जयन्तीमा प्रमुख अतिथिका  रूपमा सभामुख  डोलप्रसाद अर्याल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल विशिष्ट अतिथिका रूपमा आउने आउने कार्यक्रम तय भएको रोक्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?