Comments Add Comment

सांसद श्रेष्ठले एक जना शिक्षकलाई एक वर्षको तलब दिने

१६ पुस, तनहुँ । जिल्लाका एक प्राथमिक विद्यालयमा शिक्षक नभएर पठनपाठन हुन नसकेपछि सांसदले एक वर्षको तलब उपलब्ध गराउने घोषणा गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले भानु नगरपालिका वडा नम्बर ७ को चण्डिकालाल प्राविको एक जना प्रावि तहको शिक्षकलाई एक वर्षसम्मको तलब बराबरको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

विद्यालयको ५१ औं वार्षिकोत्सव समारोहको अवसरमा सांसद श्रेष्ठले शिक्षकको अभावमा विद्यार्थीले पढ्न नपाउने अवस्था आउन नदिन आफूले तलब उपलब्ध गराउने बताए ।

शिक्षक दरबन्दी कम भएको र विद्यालयको आन्तरिक स्रोतले छुट्टै शिक्षक राख्न सक्ने अवस्था नभएको कारण सांसद श्रेष्ठले एक जना करारको शिक्षकलाई सरकारी तलब स्केल बराबरको रकम आफ्नो व्यक्तिगत तवरबाट उपलब्ध गराउने भएका हुन् ।

सांसद श्रेष्ठले हालसम्म सांसदको रुपमा आफुलाई राज्यले दिने मासिक तलब भत्ता सबै जिल्लाका विभिन्न संघ सस्थालाई उपलब्ध गराउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment