+
+
Shares

संगीतबाट निको हुन्छन् धेरै रोग

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २६ गते ७:००

२६ पुस, काठमाडौं । आजका पत्रिकाहरुमा सभामुख बन्न उपसभामुख शिवमाया तुम्बाहाम्फेको लबिइङ, क्रसर डनविरुद्ध संघर्षरत जनकपुरका दिलिप महतो मारिएको लगायतका समाचारले प्राथमिकता पाएका छन् ।

यसका साथै यती समूहले दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गामा बनाइरहेको भवनमा काम रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको र प्रदेश ३ को राजधानी हेटौंडा नै हुने विषयलाई पनि आजका पत्रिकाहरुले प्राथमिकताका साथ समेटेका छन् ।

आजको गोरखापत्र दैनिकमा भने संगीतबाट धेरै रोग निको हुने रोचक समाचार छ । ‘संगीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये संगीत चिकित्सा (म्युजिक थेरापी) पनि एक हो,’ गोरखापत्रले लेखेको छ ।

संगीत चिकित्साको प्रयोगबाट टाउको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुने समाचारमा उल्लेख छ । त्यसैले आफ्ना सन्तानलाई संगीत सुन्न, गाउन, वाद्ययन्त्र बजाउन प्रोत्साहित गर्नुपर्ने सुझावसमेत दिइएको छ ।

विगत आठ वर्षदेखि म्युजिक थेरापी गरिरहेका आयुर्वेदिक चिकित्सक डा. रुवी बज्राचार्यले गोरखापत्रसँग भनेका छन्, ‘यस प्रकारको थेरापीले उच्च रक्तचाप, मधुमेह, डिप्रेसन, एन्जाइटी न्युरोसिस, इमोसनल ट्रमा, स्पिरिचुअल ट्रमा, माइस्थेनिया ग्रेविस, मल्टिपल स्केरोरोसिस, क्रोनिक फटिक सिन्ड्रोम, फाइब्रोमा एल्जियालगायतका थुप्रै शारीरिक समस्यामा प्रभावकारी हुन्छ ।’

डा. बज्राचार्यले भनेका छन्, ‘राति सुत्ने बेलामा राग सुन्नुभयो भने निद्रा राम्रो आउँछ, तनाव हट्छ, राग जौनपुरीले एसिडिटी व्यवस्थित गर्छ, राग कल्याणीले मुटुको स्याहार गर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?