Comments Add Comment

एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो माघ पहिलो साता

२९ पुस, काठमाडौं । ‘दोस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०७६’ माघ पहिलो साता आयोजना हुने भएको छ ।

आयोजक एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो ब्रान्च नेपालले मंगलबार पत्रकार सम्मेलन गर्दै माघ २ देखि ४ गतेसम्म प्रतियोगिता सञ्चचालन हुने जानकारी दिएको छ । प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडमीको हलमा हुनेछ ।

प्रतियोगितामा ७ प्रदेशबाट १२ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ११० स्वर्ण, ११० रजत र २२० कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ ३८ र महिलामा ३८ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताको पुम्से विधामा पुरुषतर्फ १२ र महिलातर्फ १२ तौल समूहमा खेल हुनेछ ।

प्रतियोगिताको टिम च्याम्पियन हुनेले १ लाख प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार पाउनेछ ।

प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीले १०/१० हजार पाउने छन् । यस्तै उत्कृष्ट दुई निर्णायकलाई पनि १०/१० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता संयोजक सञ्जीव फुयाँलले धेरै खेलाडी सहभागी हुने भए पनि गत वर्ष सफल रुपमा प्रतियोगिता सञ्चालन गरेकाले समस्या नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment