Comments Add Comment

यस्तो छ प्रहरी र आस्था राउत विवादको सीसी टीभी फुटेज

३ माघ, काठमाडौं । गायिका आस्था राउत प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको सीसी क्यामरा फुटेज सार्वजनिक भएको छ ।

प्रकरणको अनुसन्धान जारी रहेकै वेला विमानस्थलको फुटेज सार्वजनिक भएको हो । फुटेजमा गायिका राउत र महिला प्रहरीबीच विवाद भएको देखिन्छ ।

राउतले चेकजाँच गर्ने मेसिनमा पुग्ने वित्तिकै केही संवाद गरेकी छन् । महिला प्रहरीले खनतलासी लिन खोज्छिन् । त्यसक्रममा ज्याकेट खोल्न लगाएर हातमा बोकेको कफी अर्कोतिर राखिदिन्छन् ।

त्यसपछि झोक्किँदै निस्किएकी राउतले पुनः कफी फिर्ता लिएको देखिँदैन । महिला प्रहरीले पनि औंला ठड्याउँदै झोलामा जबरजस्ती कफी राखिदिन खोज्छिन् ।

राउतले चेकजाँच गर्ने मेसिनमा पुग्ने वित्तिकै केही संवाद गरेकी छन् । महिला प्रहरीले खनतलासी लिन खोज्छिन् । त्यसक्रममा ज्याकेट खोल्न लगाएर हातमा बोकेको कफी अर्कोतिर राखिदिन्छन् ।

विवाद भइरहेका वेला अन्य यात्रुले पनि हेरिरहन्छन् । अनुसन्धान समितिले ती यात्रुसँग पनि सोधपुछ गर्ने तयारी गरेको छ ।

राउतले विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै बिहीबार भिडियो सन्देश जारी गरेकी थिइन् ।

भिडियोमा उनले प्रहरी संगठनलाई गाली गलौज गर्दै अपशब्द बोलेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।

यो पनि पढ्नुहोस आस्था राउतको सुरक्षा जाँच गर्ने प्रहरी जवानले दिइन् उजुरी

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले कुनै ओहोदा अथवा सेलिब्रेटी भन्दैमा सुरक्षा जाँचको छुट नहुने बताएका छन् ।

राउतले भने चेकजाँचका क्रममा महिला प्रहरीले आफूलाई तँ भनेपछि आक्रोशित भएको बताएकी छन् । साथै, उनले हातमा कफी भएकाले आफैं चेक गर्नुस् भनेको पनि बताएकी छन् ।

‘तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ’, उनले यसअघि भनेकी छन् । पछि उनले आफूले आवेगमा अनपयुक्त शब्द प्रयोग गरेको भन्दै क्षमा मागेकी थिइन् ।

हेर्नुहोस् भिडियो

यो पनि पढ्नुहोस आस्था राउत प्रकरणमा डीआईजीले भने – पदीय हिसाबले कसैलाई छुट हुँदैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment