Comments Add Comment

हाइकिङ चम्पादेवी

४ माघ, काठमाडौं । हिजोआज काठमाडौं उपत्यकामा हाइकिङ निकै लोकप्रिय छ ।

हप्ताका ६ दिन काममा व्यस्त हुने शहरबासी शनिबार २/४ घण्टा हिँड्न वरपरका डाँडातिर पुगिरहेका हुन्छन् ।

स्वास्थ्यप्रति सचेत शहरबासी हप्तामा एक दिन भए पनि पसिना आउने गरी हिँड्न रुचाउँछन् भने काठमाडौंको कोलाहलबाट केही समयका लागि भए पनि मुक्ति खोजिरहेका हुन्छन् । त्यसैले हरेक शनिबार काठमाडौं उपत्यकाको वरपरका हरेक डाँडामा हाइकिङ गर्नेहरुको ताँती देख्न सकिन्छ ।

काठमाडौंको हाइकिङ गन्तव्यमध्ये एउटा हो चम्पादेवी । काठमाडौंको दक्षिण पश्चिमी क्षेत्रको फर्पिङ र टौदहबाट चम्पादेवीको हाइकिङ सुरु गर्न सकिन्छ । फर्पिङको बसपार्कबाट चम्पादेवीसम्मको पैदल दूरी करिब ५ किलोमिटरको छ ।

यहाँको डाँडाबाट काठमाडौं उपत्यकाको राम्रो दृश्य देखिन्छ । अग्लो डाँडाबाट टौदह र बागमती पारीका फाँटहरु मनमोहक देखिन्छ । साथमा हाइकिङको आनन्द त छँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment