Comments Add Comment

आमा बनेपछि घरमै रोजगारी

मानौ तपाईं बच्चाकी आमा हुनुभयो । बच्चाकै खातिर घर बाहिरको पेशा-व्यवसाय छाड्नुपर्ने अवस्था आयो । किनभने बच्चालाई आमाको सामिप्य चाहिन्छ । न्यानो स्पर्श चाहिन्छ । तर, दिनभर घरमा बसेर मात्र पनि के गर्ने ?

कुनै न कुनै काम त गर्नैपर्छ । यसले तपाईंलाई अतिरिक्त आम्दानी मात्र मिल्दैन, रचनात्मक, क्रियाशिल पनि बनाउँछ । तपाईंलाई लाग्न सक्छ, यसका लागि के गर्ने त ?

एउटा काइदा छ । तपाई घरमै बसेर, बच्चाको रेखदेख गर्दै आयआर्जनको बाटोमा लाग्न सक्नुहुनेछ । यसका निम्ति बेबी सिटिङ सर्बोत्तम बिकल्प हुनसक्छ । यसको दोहोरो फाइदा छ । एक त तपाई बच्चाको स्यहार पनि गर्न पाउनुहुन्छ, अर्कोतिर आयआर्जन पनि ।

यसरी सुरुवात गर्ने

–     बेबी सिटिङ सुरु गर्नका लागि सबैभन्दा पहिला त तपाईको घरको कोठा यस्तो हुनुपर्छ, जो एकदमै सुरक्षित  र खुला होस् ।

–     घरको बाहिर एक सानो बोर्ड लगाउनुहोस्, जसले तपाईको बेबी सेटिङको बारेमा अरुले थाहा पाउन सकोस् ।

–     बच्चाको खेलौनाहरुको व्यवस्था गर्नुहोस् ।

–     खेलौनाका साथै पढ्नका लागि राइम्स, स्टोरी र चित्रको किताब राखौ ।

–     बच्चालाई खानका लागि एकदमै स्वस्थ्य मेनु राख्नुपर्छ, जसले अभिभावकहरु निर्धक्क हुन सकोस् ।

–     अरु अभिभावकले तपाईको भरमा आफ्नो बच्चा छाड्नेछन्, त्यसैले उनीहरुको भरोसा अनुसार तपाईले जतिसक्दो बच्चालाई खुसी राख्ने प्रयास गर्नुपर्छ । उनीहरु आनन्दित हुनुपर्छ ।

–     बच्चालाई एकै कोठामा मात्र राख्ने होइन, कहिले कहिं बगैंचामा पनि खेलाउने गर्नुहोस् । यसले गर्दा बच्चाहरु रमाउँछन् ।

–     आफ्नो समय तालिका बनाएर अभिभावकलाई दिनुहोस्, जस अनुसार उनीहरु आफ्नो बच्चा लान र पुर्‍याउनेछन् ।

–     सुरुवातमा धेरे शुल्क राख्नु हुँदैन ।

–     बेबी सिटिङको क्रममा बच्चालाई एक्लो छाडेर कतै नजानुहोस् । यदि आवश्यक परे सहयोगी पनि राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment