Comments Add Comment

एनआईसी एशिया बैंकमा खाता खोलेमात्रै यति धेरै सुविधा !

१४ माघ, काठमाडौं । खाता खोल्दा बैंकहरुले कति सुविधा दिन्छन ? सामान्यतया खातामात्रै खोल्दा सुविधा नै पाइदैन । खाता खोलेर राखेकोे रकममा ब्याज मात्र पाइन्छ र त्यो पनि न्युन मात्रामा ।

आम सर्वसाधारणमा बुझाई र गराई यहि छ । बैंकहरुले ग्राहकको बचत रकमको ब्याज नै दिने हो । तर पछिल्लो समय बैंकहरुले यस्ता आकर्षक अफरहरु ल्याएका छन्, जहाँ खाता खोलेमात्रै पनि धेरै फाइदा र जीवन उपयोगी सुविधाहरु पाइन्छ ।

पछिल्लो समय धेरै र आकर्षक सुविधा दिने गरी एन आई सी एशियाले ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’ ल्याएको छ । साँच्चिकै चमत्कार नै हुने खालको यो योजना एन आई सी एशियाले सर्वसाधारण ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याएको हो ।

बैंकले ल्याएको यो योजना हालसम्मकै उत्कृष्ट र बैंकिङ्ग क्षेत्रमा नै अतुलनीय रहेको छ । यस योजनामा खाता खोलेमात्रै पनि वास्तवमै चमत्कार हुने खालका फाईदा बैंकले ग्राहक सामु ल्याएको छ ।

बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरु बैंकले अघि सारेको छ ।

कसरी हुन्छ चमत्कार ?
चमत्कार भन्ने वित्तिकै आफूले धेरै नसोचेको वा अपेक्षा गरेको भन्दा पृथक हुनु हो । एन आइ सी एशियाले साँच्चिकै तपाईले नसोचेकै उत्कृष्ट र अतुलनीय फाइदाहरु यी न्यू सुपर चमत्कारिक खाताहरुमा दिनेछ ।

तपाईले खाता खोलेमात्रै पनि थाहा पाउनुहुनेछ कि एन आई सी एशियामा त साँच्चिकै चमत्कार नै रहेछ । अनि चमत्कार चाहिँ के हुन्छ त ? अब यसबारे चर्चा गरौ ।

तीन चमच्कारिक बीमा सुविधा
यो योजना अन्तर्गत खाता खोले तपाईले बैंकबाट २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउनु हुनेछ । यो बीमा सुविधा बापत ग्राहकलाई करिब रु. १४,००० बराबरको फाईदामात्र हुनेछ र यो फाइदा कसरि हुनेछ भन्ने बारेमा हामी बुझौं ।

बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा उपलब्ध गराउने बैंकले बताएको छ भने १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र १ लाखसम्मको औषधीउपचार बीमा सुविधा समेत दिने बैंकले बताएको छ ।

औषधीउपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना वापत रु. ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ ।

सामान्यतया यदि ग्राहकवर्गले न्यू सुपर चमत्कारिक खातामा प्राप्त रु. २१ लाखसम्मको बीमा आफैले गर्न परेमा करिब रु. १४,००० बराबरको बीमा शुल्क वापत बुझाउन पर्ने हुन्छ ।

तर यस योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्यारेन्स कम्पनीसँग बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क तिर्नेछ, जसकारण ग्राहकवर्गलाई रु. करिब रु. १४,००० को फाइदा पुग्नेछ ।

कर्जामा चमत्कारिक फाईदा
न्यू सुपर चमत्कारिक निक्षेप योजनामा २ चमत्कारिक कर्जा सम्बन्धि फाइदाहरु उपलब्ध छन् । खातावालालाई कर्जाको ब्याजदरमा विशेष सहुलीयत प्राप्त हुनेछ भने कर्जासँग सम्बन्धीत प्रशासनिक शुल्कमा २५ वेसीस प्वाइन्ट सम्मको छुट प्राप्त हुने छ ।

न्यू सुपर चमत्कारिक बचत खाता हुने डायमण्ड वर्गका ग्राहकले यदि रु. ५० लाखको कर्जा उपयोग गर्नुहुन्छ भने उक्त ग्राहकलाई करिब रु. ११३,००० बराबरको ब्याज तथा प्रशासनिक शुल्कमा फाइदा पुग्ने छ ।

८७ हजार बराबरको २५ निःशुल्क बैंकिङ्ग सुविधाहरु

न्यू सुपर चमत्कारिक बचत खातामा ग्राहकहरुले बैंकिङ्ग सेवा तथा सुविधा लिन असाधारण सहजता र सरलिकरण पाउनुहुनेछ ।

ग्राहकवर्गहरुको सहजतालाई मुख्य केन्द्रविन्दुमा राखेर एन आई सी एशिया बैंकले यस खाता हुने ग्राहकलाई निजको खाताको रकम नेपालको कुनैपनि बैंकको एटीएमबाट निःशुल्क रुपमा झिक्न मिल्ने व्यवस्था गरेको छ ।

यो सुविधाले ग्राहकलाई आफ्नो बैंकको एटीएम कहाँ कहाँ छ भनेर खोजी राख्नु पर्ने झन्झटलाई हटाउँछ । साथै स्मरण रहोस् एन आई सी एशिया बैंकको एटीएम नेटवर्क मा ४१३ एटीएम रहेका छन् जुन नेपालकै सबैभन्दा ठूलो एटीएम नेटवर्क हो ।

यसै गरी, बैंकले ग्राहकवर्गलाई सुचना प्रविधिको प्रयोगवापत परिष्कृत तथा गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आइभीआर सेवा, भाईबर बैंकिङ्ग सेवा लगायतका निःशुल्क सेवाहरु उपलब्ध गराएको छ । साथै ग्राहककोे बहुमुल्य सामानको सुरक्षाको लागी निःशुल्क लकरको पनि सुविधा रहेको छ ।

यसको अलावा, निःशुल्क ई–कमर्स सेवा, अनलाइन खाता खोल्न मिल्ने सुविधा, तथा स्विप इन–स्विप आउट सुविधा लगाएतका अन्य सुपर चमत्कारिक फाइदाहरु पनि रहेका छन् ।

यदि न्यू सुपर चमत्कारिक बचत खाताका डायमण्ड वर्गका ग्राहकले यो सबै फाइदाहरु साँच्चिकै उपयोग गर्ने भए उनीहरुलाई करिब रु. ८७,००० रकम जतिको फाइदा हुने देखिन्छ ।

स्विप इन–स्विप आउट सुविधा
एन आई सी एशिया बैंकले चमत्कारिक बचत खाता – डायमण्ड श्रेणीमा ग्राहकलाई लक्षित गरि नेपालमै पहिलो पटक अत्यन्त नौलौ एवं लाभदायी स्विप इन–स्विप आउट सुविधा ल्याएको छ ।

स्विप इन–स्विप आउट भनेको बचत खाता र मुद्दती खाता दुवैको गुणहरु समाहित गरेको एक उच्चतम चमत्कारिक सुविधा हो जसमा तपाइले बचत खाताको जस्तै इच्छाइएको समयमा बैंकबाट आफ्नो रकम उपयोग गर्न सक्नुहुनेछ भने, मुद्दती निक्षेपको जस्तै उच्च ब्याजदर प्राप्त गर्नुहुनेछ ।

स्विप इन–स्विप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा रु २ लाखभन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई रु १०,०००ले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५ प्रतिशत सम्मको ब्याजदर प्रदान गर्नेछ ।

यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ । यो सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता(डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतः उपलब्ध गराउँदछ ।

ग्राहकहरुले आफु अनुकुल हुने र इच्छाईएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सिरिज गरी तीन भेरियन्टसका बचत योजनाहरु न्यू सुपर चमत्कारिक खाताहरुमा प्राप्त गर्न सक्नेछन् ।

यी तीनै प्रकारका खाताहरुमा बार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुने छ भने डायमण्ड सिरिजको बचत खातामा अति विशिष्ट सुविधाहरुबाट लाभान्वित हुनुहुनेछ ।

वास्तवमै, ग्राहकले पाउने बीमा सम्बन्धी फाइदा, कर्जा सम्बन्धी फाइदा र अन्य सुविधा बापतको फाइदाको कुल गणना हेर्ने हो भने, न्यू सुपर चमत्कारिक बचत खातामा न्युनतम फाईदा करिब रु. ५०,००० देखी अधिकतम रु. २००,००० सम्म प्राप्त गर्न सक्नुहुनेछ र ग्राहकले आफ्नो खातामा ब्याज बाहेक यति धेरै फाइदा पाउनु भनेकै वास्तवमा सुपर चमत्कार हो ।

माथि उल्लेखित फाइदाहरु न्यू सुपर चमत्कारिक बचत खाता–डायमण्ड वर्गको ग्राहकमा गणना गरिएको छ र उक्त फाइदाहरु गोल्ड र सिल्भर खाताहरुमा भिन्न हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment