+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

चीनबाट उद्दार गरिने नेपालीलाई कहाँ राख्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते २०:०५

१९ माघ, काठमाडौं । कोरोना भाइरसबाट प्रभावित चीनको वुहानमा रहेका करिव ३०० नेपालीले उद्दार गर्न आग्रह गर्दै बेइजिङस्थित नेपाली दूतावासमा फारम बुझाएका छन् ।

तर उनीहरुलाई चीनबाट ल्याएर कहाँ राख्ने भन्ने टुंगो लागेको छैन । यही कारण चार्टर विमानबाट गरिने भनिएको उद्दारसमेत पर धकेलिने देखिएको छ ।

वुहानबाट फर्काइने विद्यार्थीहरुलाई राख्ने ठाउँको खोजी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाली सेनाको नवनिर्मित भवन, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हलहरु, इचंगुनारायणमा सुकुम्वासीका लागि बनाइएको आवास भवन, कीर्तिपुरस्थित आयुर्वेदिक अध्ययन केन्द्र र भक्तपुरको बोडेमा रहेको कृषि तालिम केन्द्रलाई सम्भवित स्थानको रुपमा पहिचान गरिएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महेन्द्र श्रेष्ठले भने, ‘यी ठाउँहरु पहिचान भए पनि यही ठाउँमा राख्ने भनेर निर्णय भइसकेको छैन ।’

उनका अनुसार पहिचान गरिएका स्थानहरुको अवलोकन गर्न मन्त्रालयले स्वास्थ्य प्राविधिक समितिका संयोजक डा. दीपेन्द्ररमण श्रेष्ठलाई जिम्मा दिएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित वुहानसहितका चिनियाँ शहरबाट अरु देशले आफ्ना नागरिकको उद्दार गरेको छ । त्यहाँ रहेका नेपालीहरुले पनि उद्दारका लागि अपील गरेपछि बेइजिङस्थित दूताबासले फारम भर्न आग्रह गरेको थियो ।

आइतबारसम्ममा ३ सयभन्दा बढी नेपाली नागरिकले स्वदेश फर्किने आउन इच्छा देखाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल ल्याइने नागरिकहरुलाई विमानस्थलमा स्वास्थ्य जाँच गरिनेछ । र संक्रमण देखिएकाहरुलाई तोकिएको अस्पतालको आइसोलेसन वार्डमा राखिने छ भने अरुलाई दुई सातासम्म छुट्टै स्थान (क्वारेन्टइन)मा राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?