Comments Add Comment

दार्चुलामा जिपको ठक्करबाट बालकको मृत्यु

२३ माघ, काठमाडौं । दार्चुलामा जिपको ठक्करबाट बिहीबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ का ६ वर्षीय बालक महेश महर रहेका छन् ।

बा.१३ च २०४१ नम्बरको जिपले शैल्यशिखर नगरपालिका–९ नाइल खोलास्थित सडकमा ठक्करदिँदा महरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment