Comments Add Comment

नवीन पौडेललाई मुद्दा नचलाउने निर्णयमा कांग्रेसले उठायो प्रश्न

२३ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललितानिवास प्रकरणमा जग्गा फिर्ता गर्न मञ्जुर भएकै कारण नवीन पौडेलमाथि मुद्धा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयमाथि प्रश्न उठाएको छ । साथै उपसभापति विजयकुमार गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको दाबी गरेको छ ।

अख्तियारले गच्छदारसहित १६५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कांग्रेसले भने नीतिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का सदस्यहरुलाई मुद्दा नचलाउनु तर गच्छदारलाई मुद्दा हाल्नु पूर्वाग्रह भएको बताएको छ । बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘प्रधानमन्त्री र चार दर्जनमन्त्रीलाई उन्मुक्ति दिने, विजय गच्छदारलाई मुद्दा चलाउने के हो ?’

साथै बालुवाटारमा जग्गा भएका ६७ मध्ये ६५ जनालाई मुद्दा चलाउनु र दुई जनालाई छाडिएको भन्दै कांग्रेसले यसमा पनि प्रश्न उठाएको छ ।

नेकपा महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी जग्गा सरकारलाई छाड्न तयार नभएको भन्दै अख्तियारले दुबैलाई मुद्दामा प्रतिवादी बनाएको छैन ।

पौडेलले यो जग्गा खरिद गरेका हुन् कि उपहारमा पाएका हुन् भन्ने छानबिन गर्ने निकाय कांग्रेस नभएको तर जग्गा फिर्ता गदर्ने भन्दैमा मुद्दा नचलाउनु बदनियतपूर्ण भएको कांग्रेसको ठहर छ । कांग्रेस प्रवक्ता शर्मा भन्छन्, ‘कसैलाई पनि उन्मिुक्ति खोजी गरेको होइन । पूर्वाग्रहपूर्ण भयो कि भएन भन्ने हो ? अख्तियारले राजनीतिक प्रभावबाट मुक्त भएर काम गर्नुपथ्र्यो कि पर्दैनथ्यो ? भन्ने हो ।’

उनले अघि भने, ‘भोलि कसैले डकैती ग¥यो र दुई वर्षपछि रकम फिर्ता ल्यायो र ब्याजसहित दिन्छु भन्यो भने धन्यवाद दिने कि मुद्दा चलाउने ?’

सरकारले बालुवाटार जग्गा प्रकरणको टुंगो लगायौं भनेर क्रान्तिकारी बन्न खोजेपनि कमजोर तथ्यको जगमा फेन्टासी गर्न खोजेको कांग्रेसको आरोप छ । यद्यपि मुद्दा अदालतमा पुगिसकेकाले त्यसमा सहयोग गर्ने तर राजनीतिक रुपमा प्रतिवाद पनि गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment