
२३ माघ, काठमाडौं । क्लिन अपले कमलपोखरी स्थित क्युएफएक्स कुमारीहलमा वार्षिक देशव्यापी अभियान अन्तर्गत पुरस्कार वितरण समारोह आयोजना गरेको छ । यो समारोह क्लिन अप नेपालले प्रत्येक वर्ष गर्ने देशव्यापी अभियान अन्तर्गत रहेको थियो।
वर्ष २०७६ अन्तर्गतको देशव्यापी अभियानका लागि क्लिन अप नेपालले अन्तर विद्यालय पटकथा ( नाटक) लेखन प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताको लागी, नेपाल भरी रहेका ९ वटा विद्यालयले १७ वटा नाटक उपलब्ध गराएका थिए ।
उपलब्ध गराइएका १७ नाटक मध्य विजयी २ वटा नाटकको भीडीयो निर्माण गरियो भने बाकीँ रहेका १४ वटा नाटक माहनागरिय ट्राफिक प्रहरी महासखामा रहेको मेट्रो एफएमले उपयोग गर्ने भएको छ । उक्त समारोह सोही नाटक लेखन प्रतियोगिताको बिजेताहरुलाई पुरस्कृत गर्न गरिएको थियो ।
उक्त समारोहमा क्लिन अप नेपालद्वारा आफूले संचालन गरिरहेको परियोजना नेपाल वेस्ट म्याप ( Nepal Waste Map), जेरो वेस्ट इन स्कूल (Zero Waste at School) र प्रेसिअस प्लास्टिकको (Precious Plastics) को बारेमा पनि प्रकाश पारियो । नाटक प्रतियोगिता अन्तर्गत भीडीयो निर्माण गरिएको बिजेता विद्यालयको नाटकलाई प्रिमियर गर्दै, तेश्रो बिजयी नाटकलाइ स्टेजमा बिमोचन पनि गरियो ।
सोहि समारोहमा जेरो वेस्ट परियोजना अन्तर्गत आयोजना गरिएको वक्तृत्वकला र निबन्ध प्रतियोगिताका बिजेतालाई पनि पुरस्कृत गरिएको थियो । समारोहका प्रमुख अतिथि पूर्वमंत्री गणेश शाहले क्लिन अप नेपालले सबै वर्ग र समूहलाई समेटेर गरेको यस कार्यक्रममा आफू पनि सहभागी हुन पाएकोमा खुसी ब्यक्त गर्दै, आउने दिनमा पनि यस्तै कार्यक्रम गर्न उपस्थित सबैमाझ सुझाव दिए ।
सँगसँगै आउने दिनमा केहि सहयोग चाहिएमा आफूले सक्दो सहयोग गर्ने प्रतिबध्दता जनाए ।
प्रतिक्रिया 4