+
+
Shares

म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १८:०५

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित सडकमा भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ।
  • दुर्घटनामा ग.१६ प ६१६४ नम्बरको मोटरसाइकल चालक अपताप सलमानको घटनास्थलमै मृत्यु भएको हो।
  • प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

२९ वैशाख, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित सडकमा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, सोमबार बिहान दुर्घटना भएको हो ।

ग.२ ख २१३९ नम्बरको बसले ग.१६ प ६१६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परेर मोटरसाइकल चालक पर्साको वीरगञ्ज घर भएका २० वर्षीय अपताप सलमानको घटनास्थलमै मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?