+
+
Shares

विजुलीको पोल सार्न घुस

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते १६:०४

२३ माघ, काठमाडौं । काठमाडौंस्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरी र विजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।

विजुलीको पोल सार्ने कार्यमा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो ।

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा चौधरीले काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट टौखेलमा विजुलीको पोल सार्न कुँवर कन्सट्रक्सनमार्फत दाहालसँग मिलेर सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टी हुन आएकोले दुवै जनाविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?