Comments Add Comment

‘कानून मिचेर सरकारी जग्गा बेच्नु नीतिगत निर्णय होइन’

भूमिसुधार कार्यालयले मात्र मोही सम्बन्धी निर्णय गर्ने अधिकार ऐनले दिएकोमा मालपोत कार्यालयले मोही सम्बन्धी निर्णय गर्ने गरी मन्त्रिपरिषद्ले तोकेको कानून बिपरीत हो । ऐनले दिएको अधिकार सार्न मिल्दैन।

आफूले नपाएको काम गर्ने अधिकार त स्वयं कानून बनाउने संसदलाई पनि छैन । कानूनमा नभएको काम गर्नुपर्‍यो भने संसदले पनि कानून संशोधन गरेर मात्रै गर्दछ । त्यही भएर त नेपाल ट्रस्टको सम्पत्तिबारे आफूले चाहे जस्तो निर्णय गर्नका लागि ऐन नै संशोधन गरिएको थियो ।

कोरोना भाइरसबाट संक्रमित तत्काल उद्धार गर्नुपर्‍यो, राहत वितरण गर्नुपर्‍यो वा औषधिको व्यवस्था गर्नुपर्‍यो मन्त्रिपरिषदले तुरुन्तै निर्णय लिनुपर्ने हुन्छ । गैरकानूनी तरिकाले सरकारी, सार्वजनिक जग्गा वितरण गर्ने निर्णय गर्नु त कसरी नीतिगत निर्णय हुन्छ र ।

ललिता निवासको मोही सम्बन्धी निर्णय भूमि सुधार कार्यालयले बाहेक अरुले गर्छ भने त्यो कसरी नीतिगत निर्णय हुन्छ ? नीतिगत निर्णय गर्नु भनेको गैरकानुनी निर्णय गर्नु त होइन नि ।

मालपोत वा भूमि सुधार मन्त्रालयको अधिकार मिचेर मन्त्रिपरिषदले फलना जग्गा दिनुपर्छ भन्छ भने त्यो नीतिगत निर्णय हुँदैन ।

जग्गाधनी मध्येका सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलले ललितानिवास क्याम्पाभित्रको आफ्नो नाममा रहेका जग्गाहरू फिर्ता गर्न तयार भएकाले उनीहरूविरुद्ध मुद्दा चलाउनु नपर्ने अदुअआको निर्णय छ ।

यसको अर्थ अदुअआले यो मुद्दामा विपक्षी बनाएका अरुले पनि जग्गा फिर्ता गर्छु भन्यो भने मुद्दा लाग्दैन भन्ने हो ? कसैले मलाई सरकारी, सार्वजनिक जग्गा भन्ने नै थाहा थिएन भन्यो पनि मुद्दा नलगाउने भन्ने अर्थ हो की ?

मेरो विचारमा यसमा ठूलो मान्छेलाई अलि माया गरेको भने जस्तो देखियो । यो नजीरलाई मान्ने हो भने त अरु प्रतिवादीले पनि फिर्ता गर्न चाह्यो भने अदालतले सफाई दिनुपर्ने होला नि त । त्यति मात्रै होइन गैरकानूनी तरिकाले कसैले लिएको सम्पत्ति फिर्ता गर्छु भन्यो भने कुनै पनि भ्रष्टाचारमा अदालतले मुद्दा लगाउन मिल्दैन भन्ने सन्देश जानसक्छ ।

(विशेष अदालतका पूर्व अध्यक्ष कार्कीसँग अनलाइनखबरले गरेको वार्तामा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment