+
टी-२० विश्वकप छनोट :

रोहितको अर्धशतकमा कतारलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

२०८२ असोज  २७ गते २२:१९ २०८२ असोज २७ गते २२:१९
रोहितको अर्धशतकमा कतारलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कप्तान रोहित पौडेलको ५८ रनको अर्धशतकीय पारीमा नेपालले सुपर सिक्सको दोस्रो खेलमा कतारलाई १४७ रनको लक्ष्य दिएको छ।
  • नेपालले सुपर सिक्समा पहिलो खेलमा यूएईलाई १ रनले हराएको थियो र अपराजित यात्रा कायम राख्ने लक्ष्य राखेको छ।
  • कतारले सुपर सिक्समा पहिलो खेलमा ओमानसँग हार बेहोरेको छ र अंकविहीन अवस्थामा रहेकोले जित आवश्यक छ।

२७ असोज, काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा कतारलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो । कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले आजपनि ८ बलमा १६ रनको क्यामिओ पारी खेले ।

कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए ।

नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराइसकेको छ । नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो । नेपाल अपराजित यात्रा कायमै राख्ने सोचमा हुनेछ ।

यता कतारले भने पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । सुपर सिक्समा अंकविहीन अवस्थामा सुरु गरेको कतारलाई जितको आवश्यकता हुनेछ ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय