Comments Add Comment

‘साङ्लो’लाई भ्यालीभित्र क्युएफएक्सको जम्मा ४ शो

नायक विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ शुक्रबारबाट रिलिजको तयारीमा छ । यस चलचित्रलाई मल्टिप्लेक्स हलहरुको चेनमा उत्कृष्ट मानिने क्युएफएक्सले भने ११ शोमात्र उपलब्ध गराएको छ । त्यो पनि काठमाडौंभित्र ४ शो र काठमाडौं बाहिर ७ शो दिएको छ ।

हुन त विराजलाई मल्टिप्लेक्स होइन, सिंगल थिएटरका हिरो भन्ने गरिन्छि । मल्टिप्लेक्स हलमा शो नै नपाउने हुन् कि भन्ने अवस्थामा क्युएफएक्सले ११ शो दिनु विराजको लागि राम्रो कुरा हुन सक्छ । तर, अन्य चलचित्रको दाजोमा राम्रै हाइप बनाएको यस चलचित्रले अझ बढि शो पाउनुपर्ने थियो ।

क्युएफएक्स् चेनमा विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ्ग’ले भने ३५ शो पाएको छ । यस चलचित्रले काठमाडौं उपत्यका भित्रको हलहरुमा २० शो पाएको छ भने मोफसलका हलहरुमा १५ शो पाएको छ ।

बलिउड चलचित्र ‘मलंग’ले भने क्युएफएक्स चेनमा ३६ शोज ओगटेको छ । यस चलचित्रले माठमाडौं उपत्यकामा १९ शोज पाएको छ भने मोफसलमा १७ शो पाएको छ । यस चलचित्रले गर्दा पनि साङ्लो र सेल्फी किङ्गको शो घटेको हो ।

सिंगल थिएटरहरुमा भने विराजले आफ्नो गतिलो उपस्थिति जनाउने विश्वास धेरैको छ । विराज पनि आफ्नो चलचित्रलाई लिएर निकै आशावादी छन् । चलचित्रको एक्स न पक्ष र विषयबस्तुलाई दर्शकले रुचाउने उनको भनाइ छ ।

साङ्लो विराजको डेब्यु निर्देशनमा तयार भएको चलचित्र हो । यसै चलचित्रबाट मिस नेपाल निकिता चण्डकले पनि चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment