Comments Add Comment

शैली थिएटरमा बाल महोत्सव, १६ नाटक मञ्चन गरिने

शैली थिएटरको आयोजनामा ११ औं राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ । बुधबार अर्थात् माघ २२ गतेबाट काठमाडौंको रसियन कल्चर सेन्टरमा महोत्सव सुरु गरिएको हो । माघ २९ गतेसम्म चल्ने महोत्सवमा १६ प्रतियोगी नाटक र शैली थिएटर कै आˆनै अप्रतियोगी नाटक मन्चन हुने छन् । महोत्सवमा झण्डै चार सय विद्यालयका विद्यार्थीहरु सहभागी हुँदैछन् ।

माघ २२ गते महोत्सवको उद्घाटनमा शैली थिएटरको नाटक ‘सुनौलो माछा’ मञ्चन गरिएको थियो । हरेक दिन ३ वटा नाटक मन्चन हुने बताइएको महोत्सवमा दोश्रो दिन राराहिल मेमोरियल स्कुलको ‘करेशा कन्सर्ट’, जेनुइन स्कुलको ‘निष्कासन’ र रिम्स स्कुलको ‘झगडा’ मन्चन हुने छन् ।

मोहत्सवको तेश्रो दिन शैली थिएटर रातोपुलमा बालबालिका र नाटक सम्बन्धित छलफल, साहित्यिक कार्यक्रम र खुलानाटक मन्चन हुने बताइएको छ । माघ २५ गते क्रियटिभ एकेडेमीले ‘अनमाया’, प्रज्ञा सदन स्कुलले ‘डर’ र विनायक स्कुलले ‘काडाँ कि फुल’ मन्चन गर्नेछन् ।

माघको २६ गते दीपज्योति सेकेन्डरी स्कुलको ‘बिग्रेको बिर्खे’, रिलायन्स स्कुलको ‘ड्रग्स एबुयज’ र साम्तेन मेमोरियल स्कुलको ‘गरिबको मृगतृष्णा’ नाटक मञ्चन गर्नेछन् । माघ २७ गते भने चार नाटक मन्चन हुने तालिका रहेको छ । यस दिन वोर्ल्ड स्कुलको ‘कति पढिस?’, बृहस्पति बिध्या सदनको ‘एक १’, लिभरपुल स्कुलको ‘टिका’ र तारा सदन स्कुलको ‘वृन्दा’ मञ्चन हुनेछन् ।

माघ २८ गते गोल्डन सुनगाभा स्कुलको ‘ड्याडी भर्सेस मम’, ब्राइट जोन स्कुलको ‘बहुला काजीको सपना’ र एम्बेसडर एकेडेमीको ‘साँचो बोल्नु पर्छ’ मन्चन हुने छन् भने महोत्सवको अन्तिम दिन अर्थात् माघ २९ गते शैली थिएटरकै अप्रतियोगी नाटक ‘सुनौलो माछा’ मञ्चन हुनेछ ।

महोत्सवमा सहभागी भएका नाटक मध्ये उत्कृष्ट नाटकलाई पुरस्कारको पनि व्यस्था गरिएको महोत्सब संयोजक सुवास सुवेदीले बताए । उनले भने, ‘नाटकहरूलाई मञ्चनकै अविधमा विज्ञहरुको निणर्ायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी माघ २९ गते समापनको दिन ६ वटा पुरस्कारहरु दिईने छ ।’

सुवेदीका अनुसार उत्कृष्ट अभिनय पुरस्कार दुई जनालाई १० हजार दिइने छ । उत्कृष्ट निर्देशक र उत्कृष्ट नाटकलाई ७ हजार पुरस्कार दिइने छ । प्रोत्सहान पुरस्कार र पव्लिक च्वाईस् पुरस्कार स्वरुप दुई जनालाई ५ हजार दिइने छ । सहभागि सम्पूर्णलाई प्रमाण पत्र वितरण गरिने सुवेदीले बताए ।

आवेदनमा परेका ३५ वटा स्कृप्टबाट महोत्सबमा मञ्चनको लागि १६ वटा स्कृप्ट छनोट गरिएको शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले बताए । उनले भने, ‘शैली थिएटरले बालबालिकालाई रंगमञ्चमा काम गर्न प्रोत्साहित गर्ने उद्देश्यले विगत १० वर्षदेखि निरन्तर रूपमा यो महोत्सव गर्दै आएका छौँ । यसपटक गत मंसिरको अन्तिम साताभित्र पठाएका उत्कृष्ट स्त्रिmप्टहरूबाट छनौंट भएका नाटकहरू महोत्सवमा मञ्चन हुनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment