Comments Add Comment

पूर्वडीएसपी खिउजुलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति

२३ माघ, काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।

जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि खिउजुलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

बिहीबार अपरान्ह पक्राउ अनुमति दिइएको जिल्ला अदालत, ललितपुर स्रोतले अनलाइनखबरलाई बतायो । अनुमति प्राप्त भएसँगै खिउजुको खोजी जारी राखिएको ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

खिउजु अहिले फरार छन् । दुई दिनदेखि उनको मोबाइल पनि ‘स्वीच अफ’ छ ।

यसअघि बुधबार साँझ ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै उनको पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

यो पनि पढ्नुहोस पूर्वडीएसपी खिउजुमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ । त्यसयता पटकपटक खिउजुले बलात्कार गर्दै आएको पीडितको दाबी छ ।

यो घटनालाई लिएर पीडित युवती विभिन्न प्रहरी उच्च अधिकारसम्म पुगेपछि खिउजुले डेढ महिनाअघि घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।

हालै मात्र बलात्कार आरोपमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसएसपी सौरभ राणाले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment