+
+
Shares

पूर्वडीएसपीविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता, पक्राउ गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते १४:३६

२३ माघ, काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी दर्ता भएको छ । योसँगै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको छ ।

यद्यपि, खिउजु भने आफूविरुद्ध उजुरी पर्न लागेको चाल पाएलगत्तै फरार भइसकेका छन् । दुई दिनदेखि उनको मोबाइल पनि ‘स्वीच अफ’ छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरको मुद्दा शाखाका एक अधिकृतका अनुसार जिल्ला अहिले अदालत, ललितपुरबाट खिउजुलाई पक्राउ गर्न अनुमति लिने तयारी भइरहेको छ ।

यसअघि बुधबार साँझ ५ बजे ललितपुरको महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध किटानी जोहरी दिएकी थिइन् । उनको साँझै पाटन अस्पतालमा स्वास्थ्य परीक्षण भइसकेको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी राईका अनुसार पीडितले पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी दिएकी छन् । ‘घटनालाई मिलाउन धम्की दिएको भन्दै ठाडो उजुरी परेको हो’, उनले भने, ‘यसमाचाहिँ हामी दुवै पक्षलाई राखेर छलफल गराउँछौं ।’

प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका वेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।

‘चिया खाने वहानामा ढोका लगाएर एक्लोपनको फाइदा लिएर ममाथि दुर्व्यवहार गर्नुभयो’, पीडितले भनेकी छन्, ‘ममाथि अन्याय गर्नुभयो भन्दा उल्टै मार्ने धम्की दिनुभयो ।’

पहिलो गरेको गलत क्रियाकलापको तस्वीरसमेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ । त्यसपछि ६ महिनासम्म खिउजुले शारीरिक शोषण गरेको उनी बताउँछिन् । यसबारे उजुरी गर्न काठमाडौं प्रहरी परिसरमा पुग्दा पनि सहयोग नपाएको उनको गुनासो छ ।

यो घटनालाई लिएर पीडित युवती बिभिन्न प्रहरी उच्च अधिकारसम्म पुगेपछि खिउजुले डेढ महिनाअघि घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।

हालै मात्र बलात्कार आरोपमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसएसपी सौरभ राणाले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?