+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पूर्वडीएसपी खिउजुमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते २१:३६

२१ माघ, काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजूविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ ।

हालै मात्र बलात्कार आरोपमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसएसपी सौरभ राणाले प्रहरीमा आत्मसमर्पण गरेका थिए । उनीमाथि अनुसन्धान भइरहेका बेला ललितपुर, महांकालकी २१ वर्षीया युवतीले खिउजुमाथि बलात्कारको आरोप लगाएकी हुन् ।

पीडितले यसबारे प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखालाई जानकारी गराएकी छन् ।

प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका वेला सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ । ‘चिया खाने वहानामा ढोका लगाएर एक्लोपनको फाइदा लिएर ममाथि दुर्व्यवहार गर्नुभयो’, पीडितले भनेकी छन्, ‘ममाथि अन्याय गर्नुभयो भन्दा उल्टै मार्ने धम्की दिनुभयो ।’

पहिलो गरेको गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ । त्यसपछि ६ महिनासम्म खिउजूले शारीरिक शोषण गरेको उनी बताउँछिन् ।

यसबारे उजुरी गर्न काठमाडौं प्रहरी परिसरमा पुग्दा पनि सहयोग नपाएको उनको गुनासो छ । साथै, डीएसपी खिउजुले एक जना व्यक्तिमार्फत मिल्नलाई दबाब दिएको पनि उनको दाबी छ । उनले आफूलाई ‘पैसा मागिदिन्छु, चुपचाप बस’ भनेर भनेको उनको दाबी छ ।

प्रशासनबाट सहयोग नपाएपछि आफू केन्द्रीय मानवअधिकार मञ्चमा पुगेको उनको भनाइ छ । मञ्चका एक अधिकारीले प्रहरीमा उजुरी दिने तयारी भइरहेको अनलाइनखबरलाई बताए । खिउजू भने सम्पर्कमा आउन चाहेनन् ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले भने खिउजु अहिले संगठनको सम्पर्कमा नरहेको बताएका छन् । ‘उहाँले डेढ महिनाअघि नै राजीनामा दिनुभएको रहेछ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) थापाले भने, ‘अहिले उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?