Comments Add Comment

सञ्चार मन्त्रीलाई चौधरीको जवाफ–२० अर्ब नवीकरण शुल्क हो भन्ने ज्ञान नहुनु दु:खद

२५ मंसिर, काठमाडौं । सांसद तथा उद्योगपति विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई टेलिकम कम्पनीलाई दिइने लाइसेन्सबारे ज्ञान नभएको आरोप लगाएका छन् ।

टेलिकम कम्पनजीले तिर्ने किस्ता चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्कबारे सञ्चारमन्त्रीलाई जानकारी नहुनु दुःखद् भएको चौधरीको भनाइ छ ।

बास्कोटाले बिहीबार सिजी टेलिकमले २० अर्ब रुपैयाँ तिरे मात्रै आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने बताएका थिए ।

त्यसको जवाफमा चौधरीले शुक्रबार आफ्नो टि्वटरमा लेखेका छन्, ‘मन्त्रीज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दुःखद छ ।’

उनले सबै भ्रम उपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसन उत्सुक रहेको पनि उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस सीजीले किन पाएन युनिफाइड लाइसेन्स ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment