Comments Add Comment

जब कोरोना भाइरसले बलात्कारबाट बचायो…

चीनमा आतंक फैलाइरहेको कोरोना भाइरसले अहिले विश्व नै त्रसित छ । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३ सय जनाको ज्यान गइसकेको छ । हजारौँ मानिस संक्रमित छन् । अहिले कोरोना भाइरसको बारेमा सुन्दा नै मनमा डर पलाउन थालेको छ । तर यही घातक कोरोना भाइरसले एकजना युवतीको अस्मिता जोगाइदिएको छ ।
हो, कोरोना भाइरसकै कारण एकजना युवती बलात्कारबाट जोगिएकी छन् ।

समाचार अनुसार, चीनको वुहानमा एकजना युवतीमाथि एक युवकले गिद्दे दृष्टि लगाए । ती युवक युवतीको बेडरुममै जबरजस्ती छिरेर युवतिमाथि बलात्कारको प्रयास गरे । तर त्यही बेला युवतीले चलाखी अपनाइन् । करणीबाट जोगिने अरू उपाय नदेखेपछि उनी जोडसँग हाछिउँ गरिन् र पटक पटक खोक्न थालिन् । ती युवतीले आफूलाई बलात्कार गर्ने मनसाय राखेका युवकसँग आफू कोरोना भाइरससंक्रमित व्यक्ति भएको र भर्खरै अस्पताल गएर आएको बताइन् ।

कोरोना भाइरसको कुरा सुन्नेबित्तिकै ती युवकको सातो पुत्लो उड्यो । उनी तत्कालै त्यहाँबाट भागे ।

वास्तवमा ती युवती कोरोना भाइरसबाट संक्रमित होइनन् । बलात्कारबाट जोगिनका लागि उनले यस्तो झूटो बोलेकी थिइन् । कोरोना भाइरसको नाम लिँदैमा आफ्नो इज्जत जोगिएपछि उनी फुरुंग भइन् ।

बलात्कार प्रयास गर्ने युवकको नाम शियो रहेको र उमेर २५ वर्षको रहेको बताइएको छ । प्रहरीले उक्त युवकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment