+
+
Shares

शिक्षण अस्पतालमा २७ वर्षीया छोरीले दिइन् बुवालाई कलेजो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते ११:४५

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले लगातार चौथोपटक कलेजोकाे सफल प्रत्यारोपण  गरेको छ ।

काठमाडाैं बौद्धका ५७ वर्षीय एक व्यक्तिलाई उनकी २७ वर्षीया छोरीले दिएकाे कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको कलेजो प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन डाक्टर रमेशसिंह भण्डारीले जानकारी दिए।

उनका अनुसार झण्डै ९ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको हाे । अहिले बाबुछोरीकै स्वास्थ्य अवस्था स्थिर छ।

भण्डारी नेतृत्वकै टीमले गएको जेठ १८ गते त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो। यस्तै साउन ३ गते दोश्रो र कात्तिक १ गते तेश्रोपटक कलेजो प्रत्यारोपण गरिएको थियो ।

त्रि.वि. शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको लागि झण्डै तीन महिनामा पालो आउने र झण्डै २५ लाख रुपैयाँमा प्रत्यारोपण गर्न सकिने डाक्टर भण्डारी बताउँछन्।

उनका अनुसार अहिले प्रत्यारोपणको लागि पालो कुर्ने बिरामीहरु धेरै छन्। ‘सुरुवाती चरणमा भएकाले अहिले हामीले धेरै प्रत्यारोपण गर्न सकेका छैनौँ, १ वर्षपछि प्रत्यारोपणको सङख्या बढाउँछौ,’ उनले भने ।

यसअघि भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेकाे छैन। यस्तै, चितवनको पुरानो मेडिकल कलेजले पनि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?