+
+
Shares

कोरोनाका कारण प्रदेश ५ को लगानी सम्मेलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १९ गते १७:१५

१९ फागुन, बुटवल । प्रदेश ५ सरकारले लगानी सम्मेलन तथा विभिन्न जिल्लामा हुन लागेका मेला–महोत्सवहरू स्थगन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश सरकारले आगामी वैशाख ४ र ५ गते लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि प्रदेशका १२ वटै जिल्लामा आयोजित मेला तथा महोत्सवहरू पनि स्थगित हुने भएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?