+
+
Shares

डा. खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको पनि कार्यभार

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १८:१९
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२१ फागुन, काठमाडौं । नवनियुक्त सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले मंगलबार राजीनामा दिएका थिए ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार खतिवडालाई मन्त्री नियुक्त गरेका हुन् । उनलाई अर्थसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

उनले बुधबार सपथ लिनुका साथै दुबै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

सञ्चार मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले संवैधानिक व्यवस्थाअनुसार दोस्रो कार्यकाल भए पनि २४ घन्टा पछाडिको निरन्तरता भएको बताए ।

आफ्नो निष्ठा, इमान्दारिता र विकासप्रतिको दृष्टिकोणलाई अगाडि बढाएर मुलुकले फड्को मार्नसक्छ भन्ने विश्वासका साथ आफ्नो पुनर्नियुक्ति भएको उनले बताए ।

अर्थ तथा सञ्चारमन्त्री खतिवडाले भने, ‘अबको मेरो कार्यकाल भनेको हामी जनसमक्ष राखेका प्रतिवद्धताहरु, नीति कार्यक्रम र बजेटमार्फत संसदमा बोलेका कुराहरु र जनअपेक्षाअनुसारका कामहरु गर्ने हो ।’

यसअघि अगाडि बढेका र पुरा नभएका कामहरु पूरा गर्न पनि लागिपर्ने उनले बताए ।

सञ्चारमन्त्रीका रुपमा प्रेससँगको सम्बन्धलाई अझ सुमधुर बनाउन प्रयास गर्ने खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?