Comments Add Comment

कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन गरिने

२२ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वव्यापी उत्पन्न संकट र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव बारे सरकारले अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार अर्थमन्त्रालयमा एक उच्चस्तरीय टिमले अर्थतन्त्रमा परेको प्रभावका सम्बन्धमा अध्ययन गर्न थालिसकेको छ ।

यस सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट समेत अध्ययन हुने उनले जानकारी दिए । ‘अहिले अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावको लक्षणमात्र देखिन थालेको अवस्था हो,’ उनले भने, ‘अर्थ मन्त्रालयले यसबारे परेको आर्थिक असरबारे अध्ययन गर्न थालेको छ, राष्ट्रबैंकबाट पनि अध्ययन हुन्छ ।’

पर्यटन आगमन र व्यापारमा कोरोनाको असर देखिन थालेको उनले जानकारी दिए । बजारमा आपूर्ति व्यवस्था सहज बनाउन सरकार सक्रिय रहेको समेत उनले जानकारी दिए ।

कोरोनाको संक्रमण विश्वव्यापी रुपमा बढ्दै गएपछि चीनतर्फको व्यापार करीव ठप्प भएको छ । बजारमा मास्क र स्यानिटाइजरको अभाव देखिन थालेको छ । व्यापारीहरुले कृतिम अभाव सिर्जना गरेको र मंहगो मूल्यमा बिक्रि गर्न थालेको गुनासो उपभोक्ताले गरेका छन् ।

यो पनि पढ्नुहोस कोरोनाको बहुआयामिक असर : बिरामी पर्‍यो नेपाली अर्थतन्त्र पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment