Comments Add Comment

डा. गोविन्द केसी के गर्दैछन् डडेल्धुरा अस्पतालमा ?

दुई महिना सेवा निशुल्क गर्ने, बिरामीहरु हौसिए

२२ फागुन, कैलाली । डा. गोविन्द केसीले डडेल्धुरामा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेका छन् । मंगलबार डडेल्धुरा पुगेका डा. केसीले डडेल्धुरा जिल्ला अस्पतालमा रहेका बिरामीलाई सेवा दिन सुरु गरेका हुन् ।

‘दुई महिनासम्म अस्पतालमा स्वयंसेवक रूपमा सेवा प्रदान गर्न उहाँ आउनु एको छ’ जिल्ला अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश विष्टले भने । डा. केसीले कुनै पनि पारिश्रमिक नलिएर सेवा दिन थालेको विष्टले जानकारी दिए ।

केसी अहिले अस्पताल छेउमै कोठा भाडामा लिएर बसिरहेका छन् । ‘उहाँ भाडामा बस्नुभएको छ,’ विष्टले भने, ‘पारिश्रमिक र कुनै सेवा सुविधा नलिएपछि भाडा हामी तिर्न सक्छौँ ।’

डा. केसीले जिल्ला अस्पतालमा बिरामीको परीक्षण गर्दा बिरामीहरू भने उत्साहित भएका छन् । दुर्गम क्षेत्रमा अनुभवी डक्टर पुगेको भन्दै उनीहरूले केसीजस्ता चिकित्सक सँधै दिन सरकारलाई आग्रह गरेका थिए ।

डा. केसीले सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै गत कात्तिक १८ देखि डडेल्धुरामा १७ औँ अनशन गरेका थिए । उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछि डडेल्धुरा पुगेर ९ दिन अनशन बसेका थिए ।

उनले उक्त समयमा भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन आग्रह गर्दै अनसन स्थगित गरेका थिए ।

डा. केसी हाड जोर्नी विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment